थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, ७ असोज २०७७

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए

नेपालमा आज सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको प्रवक्ता गौतमले बताए।

संस्थागत आइसोलेसनमा ८ हजार २१४ रहेका छन्।

आज थप ९ हजार ४४९ पीसीआर परीक्षणसँगै अहिलेसम्म ९ लाख ४४ हजार ४७४ पुगेको छ ।