स्याङ्जा पहिरो अपडेट ः ६ जनाको शव भेटियो, ४ बेपत्ता
स्याङ्जा – पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएका २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको शव निकालिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
वालिङ १४ तमादीमा बिहीबार बिहान घर माथिबाट पहिरो झर्दा माया परियारको घर पुरिएको थियो। सो घरमा १० जना रहेको जनाइएको छ। उनीहरुमध्ये १६ वर्षका मनिषा नेपालीलाई जीवितै उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ।
बेपत्ता भएको ४ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोजी कार्यका लागि स्थानीय र सुरक्षाकर्मी जुटेका छन्।