सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु
एजेन्सी – युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।
खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो । मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन् ।
दुईजनाको अवस्था गम्भीर रहेकोे छ । बेपत्ता चार जनाको खोजी भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।