डा.गोविन्द केसीको समर्थनमा जुलुस
सर्लाही – डा.गोविन्द केसीको समर्थनमा सर्लाहीका युवाले जुलुस निकालेका छन् ।
चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राख्दै गएको भदौ २९ गतेदेखि आमरण अनशनमा रहनुभएका डा। केसीको समर्थनमा शनिबार सर्लाहीको महेन्द्रबजारमा जुलुस निकालिएको हो ।
पछिलो समय स्वास्थ्य बिग्रिँदै गएपनि सरकारले डा। केसीको मागप्रति बेवास्ता गरेको भन्दै युवाहरु सडकमा निस्किएका हुन् ।