बालुवाटारमा ओली–प्रचण्ड वार्ता, मन्त्रीपरिषद पुनर्गठनबारे छलफल
काठमाडौं – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच अहिले बालुवाटारमा छलफल भइरहेको छ।
दुई अध्यक्षबिच मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भइरहेको हो । आइतबार नै मन्त्रिपरिषद पुनर्गठन हुने भनिए पनि ओली दाहालबीच कसलाई हटाउने र कसलाई राख्ने विषयमा सहमति नजुट्दा अन्तिम समयमा रोकिएको थियो।
मन्त्रिपरिषद पुनर्गठनकै लागि प्रधानमन्त्रीले आइतबार मध्यान्न आकश्मिक बैठक डाकेका थिए । श्रोतका अनुसार नयाँ मन्त्री बन्नका लागि तयारी हालतमा रहन नेकपाका केही सांसदहरुलाई बालुवाटारबाट फोन गएको थियो ।
तर सबै मन्त्रीहरुलाई एकै पटक हटाएर पुनर्गठन गर्ने कि केहीलाई मात्रै हेरफेर गर्ने भन्नेमा दुई अध्यक्षबिच कुरा नमिल्दा आइतबार त्यसबारे टुंगो लाग्न सकेन ।
अध्यक्ष प्रचण्ड सबै मन्त्रीहरुलाई एकै पटक हटाएर केहीलाई फेरि नियुक्त गर्ने पक्षमा छन् भने ओली केही मन्त्रीलाई मात्रै फेर्ने अडानमा छन् ।त्यसबारे अन्तिम टुंगो लगाउन अहिले छलफल भइरहेको हो।