बलात्कार घटनाका दुईजना आरोपी पक्राउ

सोमबार, १२ असोज २०७७

विराटनगर – जिल्ला प्रहरी कार्यालय मोरङले बलात्कार आरोपी दुई जनालाई घटना भएको १० महिनापछि पक्राउ गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार गतवर्ष मंसिर ५ गते रात करिब ९ बजे तीन युवतीमाथि भएको बलात्कारका आरोपी विराटनगर ८ का २५ वर्षीय मोहम्मद असलम मियाँ र २० वर्षीय मोहम्मद सहिद मियाँलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार विराटनगरकै ३३, २७ र २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

बलात्कारपछि घटनामा संलग्न रहेको आरोप लागेका असलम मियाँ, सहिद मियाँ पक्राउ परे पनि २२ वर्षीय मोहम्मद फारुख मिया र २० वर्षीय हसरत मियाँ फरार छन् ।

विराटनगर ८ सुकुम्बासी टोलबाट दुई जनालाई पक्राउ गरेको र बाँकी दुईजनाको खोजी कार्य जारी राखेको प्रवक्ता राईले जानकारी दिए।