काठमाडौंमा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार काठमाडौंका ६४९ जना, भक्तपुरका ३६ जना र ललितपुरका १३२ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १०हजार ८० जनाको पिसिआर परीक्षण गरिएको छ।
यस्तै नेपालमा थप १३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ७४७४५ पुगेको छ।