काठमाडौं उपत्यकामा आज सम्मकै धेरै कोरोना संक्रमण पुष्टि

मंगलबार, १३ असोज २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।