कोरोना संक्रमणबाट टिचिङ हस्पिटलकी स्वास्थ्यकर्मीको मृत्यु
काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण टिचिङ हस्पिटलकी एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । ५७ वर्षकी महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको टिचिङ अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए ।
उनलाई असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालमै उपचाररत थिइन् । उनमा दम र थाइराइडको समस्या पनि देखिएको अस्पतालले जनाएको छ । आईसीयूमा उपचाररत अवस्थामा निमोनिया पनि देखिएको डा. थपलियाले जानकारी दिए ।