गुण्डागर्दीमा उत्रिए सांग्रीला बैंकका कर्मचारी, पत्रकारमाथि दिनदहाडै कुटपिट
काठमाडौं – बैंकका कर्मचारीहरुलाई ‘टाइ लगाएका गुण्डा’ भनेर नेपाली समाजले विश्लेषण गर्ने गरेको छ । तर सांग्रीला डेभलपमेन्ट बैंकका कर्मचारी भने साच्चीकै गुण्डागर्दीमा उत्रिएका छन ।
सामान्य विवादका कारण जनआकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीलाई सांग्रीला डेभलपमेन्ट बैंकका बजार प्रतिनिधि रवी केसीले आफ्नै कार्यकक्षामा हातपात गरेका हुन । ७ महिना अघि जनआकाश साप्ताहिक पत्रिकामा छापिएको विज्ञापनको भुक्तानी लिन गएका कार्कीलाई विज्ञापनको पैसा दिन नसकिने भन्दै केसीले हातपात गरेका हुन ।
‘७ महिना अघि पत्रिकामा विज्ञापन छापिएको थियो’ मोटिभेट न्यूजसँग कुरा गर्दै सम्पादक कार्कीले भने, ‘सोही विज्ञापनको भुक्तानीका लागि बारम्बार ताकेता गर्दापनि कुनै प्रतिक्रिया नदिएपछि बैंकमा गएको थिए । बैंकका कर्मचारी रवी केसीले फोन नआएको मोवाइलमा आधा घण्टासम्म कुरा गरेको नाटक गरे ।’
कार्कीले भने, ‘त्यसपछि उनले विज्ञापन दिदै नदिएको भन्दै झोक्किन थाले । इमेल देखाएपछि उनी रातो न पिरो भए र कुर्षिबाट उठेर म माथि हातपात गरे ।’
विज्ञापन प्रकाशन गरेको केही समयमानै विज्ञापनको विल बुझाएका उनले उक्त बैंककै कर्मचारीले विल हराएको बताए । तर उता बैंकका कर्मचारी रवि केसीले भने उनीमाथि कुनैपनि हातपात नभएको प्रतिक्रिया दिएका छन । मोटिभेटसँग कुरा गर्दै केसीले भने, ‘हाम्रो कार्यलयमा जनआकाश मिडियाको नाममा कुनैपनि विला आएको छैन । विल आएको भए आर्थिक बर्ष समाप्तीसँग सबै विलको भक्तानी भइसक्थ्यो ।’
केसीले पहिला त जनआकाशलाई विज्ञापन नदिएको झुटो प्रतिक्रिया दिएका थिए । मोटिभेटले सबै विवरण बताएपछि विल नआएको प्रतिक्रिया दिएका हुन ।
यता पत्रकार महासंघ काठमाडौं शाखाले कार्की माथि भएको हातपातको विषयले शाखाको गम्भीर ध्यानाक्रषण भएको जनाएको छ । शाखाका अध्यक्ष शान्तराम विडारी पत्रकारमाथि हातपात गर्ने बैंकका कर्मचारी रवि केसीलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन । एक विज्ञप्ति निकाल्दै विडारीले भनेका छन, ‘नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य कार्कीलाई बैंकका कर्मचारी रवि केसीले हातपात गरेको घटनाको निन्दा गर्दै तत्काल सो घटनाको छानविन गरी दोषीमाथी कडा कारवाही गर्न माग गर्दछ ।’
विज्ञिप्तमा भनिएको छ, ‘महासंघ सो सन्दर्भमा बैंकमा रहेको सिसिटीभी फुटेजका आधारमा छानविन गरि दोषीलाई हदैसम्मको कारवाही गर्न जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा अगाडी भनिएको छ, ‘साथै महासंघ आगामी दिनमा पनि बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुबाट यस्ता प्रवृति दोहो¥याइए सैह्य नहुने स्पष्ट पार्दछ ।’
