शंकरदास बैरागी मुख्यसचिव, डा.खतिवडा र रेग्मी राजदूत सिफारिस

बिहिबार, १५ असोज २०७७

काठमाडौं – सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले बैरागीलाई मुख्यसचिव नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

यस्तै मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा।.युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ।