२५ किलो लागुऔषध सहित दुई जना पक्राउ
बझाङ– २५ किलो चरेशसहित प्रहरीले बझाङका दुई जनालाई पक्राउ गरेको छ।
बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका २ लिमबाट २५ किलो चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
चरेशसहित बुङ्गल नगरपालिका वडा नम्बर २ का २५ वर्षीय धनबहादुर धामी र २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बिशेष सुराकीको आधारमा सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने आकारमा बनाएर बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार पक्राउ परेका दुबैजनालाई अहिले प्रहरी चौकी वित्थडचिरमा राखिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।