दलित महिला बलात्कार गरेको आरोपमा सचिव पक्राउ
महोत्तरी – दलित महिलामाथि जबरजस्ती करणी बलात्कार गरेको आरोपमा एक वडा सचिव पक्राउ परेका छन् ।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का कार्यालयका सचिव मिथिलेश यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टिकाबहादुर केसीका अनुसार भंगहा नगरपालिकाको वडा नम्बर ९ नै घर भएकी दलित महिलाले आफूलाई वडा सचिवले बलत्कार गरेको मौखिक उजुरी प्रहरीमा दिएपछि यादवलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार महिलाले बजारबाट घरतर्फ जाँदै गरेको अवस्थामा मदिरा सेवन गरका वडासचिव यादवले आफूमाथि बलात्कार गरेका थिए ।
प्रहरीले उजुरीकर्ता महिलाको मेडिकल परीक्षण लगायतका प्रक्रियाहरु अगाडि बढाइएको जनाएको छ । यस्तै, पक्राउ परेका वडासचिव यादवलाई हिरासतमा राखी जबरजस्ती करणीको कसुरमा अनुसन्धान थालिएको छ ।