काठमाडौंमा कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार नाघ्यो, लकडाउन हुने संकेत !
काठमाण्डौ – काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि संक्रमितको संख्या २५ हजार कटेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा आठ सय १७ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनालाई कोरोनाको सङ्क्रमण देखिएको हो । काठमाण्डौ उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या २५ हजार १ सय ३ पुगेको छ ।
काठमाण्डौमा २० हजार तीन सय ९३ जना, ललितपुरमा दुई हजार पाँच सय २५ र भक्तपुरमा तीन हजार एक सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर कोरोना संक्रमितको संख्या ७८ हजार ७ सय २८ पुगेको छ भने उनीहरु मध्ये ५७ हजार ३ सय ८९ जना निको भएका छन । त्यस्तै ५ सय ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अहिले २२ हजार ३ सय ३९ जना उपचारत छन । यो संख्या २५ हजार पुगेपछि लकडाउन गर्ने सरकारले जनाएको छ । यसैगरी कोरोना संक्रमितको संख्या बढ्यो भने सरकारले अर्को हप्ताबाट तेश्रो चरणको लकडाउने सुरु गर्नेछ ।