डा.केसीलाई भेट्न शिक्षण अस्पताल पुगे पूर्वराष्ट्रपति यादव

शुक्रबार, १६ असोज २०७७

काठमाडौं – पूर्वराष्ट्रपति डा.रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् ।

विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’