ट्रम्प उपचारका लागि सैनिक अस्पतालमा भर्ना
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना संक्रमणपछि उपचारका लागि वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको छ। बिहीबार राति कोरोना संक्रमण पुष्टि भएका ट्रम्पलाई शुक्रबार अस्पताल भर्ना गरएको हो।
राष्ट्रपति ट्रम्पका निकट सल्लाहकार होप हिक्सलाई संक्रमण भएपछि उनीसहित श्रीमती मेलानियाको समेत कोरोना परीक्षण गरिएको थियो। परीक्षण नतिजा पोजेटिभ आएको केही समयमै उनलाई अस्पताल भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार उनलाई एन्टिभाइरल औषधी दिइएको छ।
यसैबीच राष्ट्रपतिका पूर्व सल्लाहकार केलियानी कोनवे र ‘ट्रम्प क्याम्पेन’ का म्यानेजर बील स्टेपीनलाई पनि कोरोना संक्रमण भएको छ। राष्ट्रपति ट्रम्पसँग पछिल्लो समय दुबै सिनेटर एक कार्यक्रममा सहभागी भएका थिए।