प्रधानमन्त्रीको सचिवालयका चार जनालाई कोरोना संक्रमण पुष्टि

शनिबार, १७ असोज २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।

उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ थापाले भने, ‘केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।’

यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ ।