लागुऔषध कारोबार गर्ने पाँच जना पक्राउ

आइतबार, १८ असोज २०७७

रोल्पा रोल्पामा लागुऔषध कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका(२ खुङ्ग्रीबाट प्रहरीले ८ किलो ३०० ग्राम अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

शनिबार बेलुका रोल्पाको सुलिचौरबाट दाङ जाँदै गरेको बा १५ च ३७७६ नम्बरको गाडीलाई खुङ्ग्री चेकपोष्टमा जाँच गर्दा गाडीमा रहेका तीन जना महिला र चालकसहित दुई जना पुरुष पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा रुकुमपूर्व भूमे गाउँपालिका(४ की ३७ वर्षीया ज्योती घर्ती, त्यही ठाउँकी ३० वर्षीया निसा पुन, दाङ हारपुर गाउँपालिका(६ रवानाका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका(९ चिसापानीका ३३ वर्षका मोतीलाल परियार र गाडी चालक रोल्पा सुनछहारी गाउँपालिका(१ सेरम घर भएर अहिले दाङ घोराई उप(महानरपालिका(४ राप्तीटोल बस्ने ३५ वर्षका यामबहादुर घर्तीमगर रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।