कांग्रेस सांसद गगन थापालाई कोरोना संक्रमण पुष्टि

आइतबार, १८ असोज २०७७

काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना भाइरसको संक्रमण भएको छ।

असोज १५ गते पार्टी कार्यालयमा गरिएको पीसीआर परीक्षणमा उहाँलाई कोभिड संक्रमण देखिएको हो ।

थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ । उहाँले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिनुभएको छ ।