डा. केसीको समर्थनमा चिकिस्तकहरुले गरे प्रदर्शन
काठमाडौं – अनशनरत डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकिस्तकहरुले प्रदर्शन गरेका छन् ।
डा.केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको र सरकारले कुनै वास्ता नगरेको भन्दै उनीहरु डाक्टर केसीले राखेका माग सम्बोधन गर्न दबाब दिन प्रदर्शनमा उत्रेका हुन्।
चिकित्सकहरुले आइतबारदेखि दैनिक दुई घण्टा इमर्जेन्सी र कोभिड उपचार बाहेकका अन्य सेवा ठप्प गर्ने बताएका छन्।
डा.केसी भदौ २९ गते जुम्लाको चन्दनाथ नगरपालिकाको बाबिरा मष्ट मन्दिरबाट १९औँ अनशन सुरु गरेका हुन्।
अनशनको २१औँ दिन पुग्दासम्म पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन।