दशैँमा घर जादा १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने
तनहुँ – दशैँमा घर जाने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँको आज सोमबार बसेको बैठकले कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो।
चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्यांक राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ।
त्यसका लागि स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए।