डा. केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने ः मादव नेपाल

मंगलबार, २० असोज २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनशनरत डा.गोविन्द केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि अनशनरत डा.केसीको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताउँदै नेता नेपालले भने,’ उहाँको जीवन रक्षा पहिलो प्राथमिकता हो, त्यसर्थ सरकारले तत्कालै अनशन अन्त्य गर्ने वातावरण बनाएर उहाँको ज्यान बचाउनुपर्छ ।’

साथै सरकारले विगतमा डा. केसीसँग गरेको सम्झौता कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनले बताए ।

‘तर, अहिले डा. केसीको ज्यान बचाउनु प्राथमिक महत्वको विषय हो,’ बरिष्ठ नेता नेपालले भने, ‘सरकारले तत्काल यसमा पहल गरोस् ।’