सिन्धुलीमा एकै दिन थपिए २६ कोरोना संक्रमित

मंगलबार, २० असोज २०७७

सिन्धुली – सिन्धुलीमा मंगलबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकामस्थित बैंकका कर्मचारी, क्वारेन्टाइनमा रहेका र अन्यको स्वाब परीक्षण गर्दा २६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार संक्रमित बढेसँगै सिन्धुली अस्पताल र एपोलो अस्पतालको आइसोलेसन कक्ष भरिएको छ ।

लक्षण नदेखिएका संक्रमितलाई समेत सरकारी आइसोलेसनमा ल्याएर राख्नाले लक्षण देखिएका बिरामीलाई उपचारमा कठिनाइ हुने उनले बताए । दुवै अस्पतालमा गरेर ३५ जना राख्ने क्षमता छ ।