लागूऔषध सहित २ जना पक्राउ
सुनसरी – प्रहरीले सुनसरीको इनरुवा (७) वर्छवाबाट दुई जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर ७ कविलासा घुस्की बस्ने १९ बर्षीय उपेन्द्र सरदार र सोही स्थानका अर्का १९ वर्षकै हरिशंकर सरदार रहेका छन् ।
विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको ।
प्रकाउ परेका उपेन्द्र र हरिशंकर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।