जीप दुर्घटना हुदा ५ जनाको मृत्यु
जाजरकोट –जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
जुनीचाँदे गाउँपालिका–१ औलखोला नजिक जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।
जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप बुधबार दुर्घटना भएको हो ।
सडकदेखि करिब ५०० मिटर तल औलखोलामा जीप खसेको हो। घटनास्थलमा पुगेको प्रहरीका अनुसार एक जनाको शव निकालिएको छ भने बाँकी ४ जनाको शव खोलामा देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।
घटनाबारे यकिन विवरण नआइसकेको उनले बताए।