१ सय ३१ किलो लागु औषध सहित एक जना पक्राउ
पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले १ सय ३१ किलो लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
बिहीबार पर्सा जिल्ला पटेर्वासुगौली गाउपालिका वडा नं ५ देउरिया टोल वस्ने वर्ष ४० को राज ओझैयाको घरमा प्रहरीले छापा मारेर लुकाइ(छिपाई राखेको अवस्थामा १ सय ३१ किलो लागु औषध गाँजा फेला परेको छ ।
गाँजासँगै घर मालिक राज ओझैयालाइ पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस नोट जारी गरी जानकारी दिएको छ ।