नेपाली सेनाका २ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ — नेपाली सेनाका २ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेनाले दिएको जानकारी अनुसार कोरोना नियन्त्रण, रोकथाम तथा मृतकको लास व्यावस्थापनमा खटिएका जवानसहित अधिकृतहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा नेपाली सेनाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई सैनिकले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । वर्तमान अवस्थामा कोरोना संक्रमित भएर आइसोलेसनमा १४ सय ६८ जना बसिरहेका शैनिक निर्देशनालले जनाएको छ । जसमध्ये १५ सय १८ जना निको भएर काममा फर्किसकेका छन् ।
सेनाले आफ्नो हरेक ब्यारेक, पृतना, गण, गुल्म, तालिम केन्द्रहरुमा स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिए पनि सैनिकहरुमा कोरोना संक्रमण भने देखिरहेको छ ।