नयाँ मन्त्रीहरुको नाम लगभग टुङ्गीयो, को – को बन्दैछन् मन्त्री ?
काठमाडौं – प्रधानमन्त्री केपि शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुको नाम लगभग टुङ्गो लगाएका छन । दुबै अध्यक्षले तयार पारेको लिस्टमा पूर्व संचार तथा सूचना मन्त्री गोकल बास्कोटदेखि पूर्व उद्योग मन्त्री महेश बस्नेतसम्मको नाम अटेको छ ।
सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ) प्रेस खरिदको ‘७० करोड कमिसन प्रकरण’मा मुछिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका नेकपा सांसद बास्कोटा पुनः मन्त्री बन्ने लगभग पक्का भएको छ ।
मन्त्रिपरिषद हेरफेरको विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँगको छलफलका क्रममा ओलीले नयाँ मन्त्रीका रुपमा गोकुल बास्कोटासहित ६ जना सांसदको नाम अगाडि सारेका छन् ।
दुई नेताबीच भएको छलफलमा ओलीले पार्टी महासचिव विष्णु पौडेलसहित पूर्व एमालेका तर्फबाट ६ जनाको नाम अगाडि सारेका थिए । ओलीले मन्त्रीका लागि महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, तुलसा थापा, महेश बस्नेत र गोकुल बास्कोटाको नाम अगाडि सारेका हुन् । लुलसा थापा नेकपा उपाध्यक्ष बामदेव गौतामको श्रीमति हुन ।
तर, कुन नेतालाई कुन मन्त्रालयको जिम्मा दिने भन्ने विषयमा भने दुई अध्यक्षबीच सहमति जुट्न नसेकेको एक स्थायी कमिटी सदस्य बताए । प्रधानमन्त्री ओलीले अहिले कायम रहेका ५ जना मन्त्रीलाई हटाएर ८ जना नयाँ मन्त्री ल्याउने प्रस्ताव प्रचण्डलाई सुनाएका थिए ।
थपिने ८ जना मन्त्रीमध्ये ५ जना पूर्व एमालेबाट र ३ जना पूर्व माओवादीबाट हुने जनाइएको छ । ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा भएको छलफलबारे ‘जानकार’ नेकपा ती स्थायी कमिटी सदस्य पूर्व माओवादीबाट मन्त्री बन्ने २ जनाको नाममा सहमति जुटिसकेको बताए ।
पूर्व माओवादीबाट जनार्दन शर्मा (प्रभाकर) र देवेन्द्र पौडेल मन्त्री बन्ने पक्का भइसकेको छ । दुई अध्यक्षबीच थप कुनै विषयमा विवाद वा सहमति नभए प्रभाकर र पौडेल मन्त्री बन्ने लगभग पक्कापक्की जस्तै भएको ती स्थायी कमिटी सदस्य बताए ।
यता प्रधानमन्त्री ओलीले ५ जना मन्त्रीलाई हटाउने भएका छन । हटाउने मन्त्रीहरुको पहिलो नम्बर उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको नाम छ । प्रचण्डलाई धोका दिएर ओली खेमामा गएका भट्टलाई फिर्ता बोलाउने प्रचण्ड खेमाको तयारी छ ।
त्यस्तै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार), भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्थाल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र बन मन्त्री शक्तिबहादुर बस्नेतलाई हटाउने तयारी गरिएको बालुवाटार श्रोतको भनाई छ ।