७ जनाको सब भेटियो, प्रहरी नै चकित

शनिबार, २४ असोज २०७७

काठमाडौं – बितेको २४ घण्टामा ७ जनाको सब भेटिएको छ । देशका विभिन्न स्थानमा ७ जनाको सब भेटिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धादिङको गजुरी गाउँपालिका ६ आदमघाट बस्ने ६५ वर्षीय पदम बहादुर रोका आफ्नै घर नजिकैको बस प्रतिक्षालयमा शुक्रबार मृत अवस्थामा फेला परेका छन ।

यसैगरी धादिङकै धुनिबेशी नगरपालिका ६ कालेपानी खोल्सीमा मकवानपुर बकैया गाउँपालिका १२ बस्ने ५२ वर्षीय कृष्णप्रसाद घिमिरे शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको चौरीदेउराली गाउँपालिका १ वाङथली कर्मा टोल बस्ने ५३ वर्षीय साङदोर्जे तामाङ पनि सोही ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । कैलालीको टिकापुर नगरपालिका १ भगरैया बस्ने ४५ वर्षीय जुगमान चौधरी सोही ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका १२ नारायणी टोल बस्ने ४२ वर्षीय खिम बहादुर सापकोटा आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ६ स्थित सुनकोशी जलविद्युत केन्द्र ड्यामको इन्टेकको जालीमा सोही गाउँपालिका ३ दाबी बस्ने २० वर्षीया सबिना पहरी शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका १४ त्रिभुवन पार्क नजिकैको रोल्पाली सृष्टि होटलमा सोही उपमहानगरपालिका १५ रतनपुर बस्ने ४१ वर्षीय रेशम बहादुर भण्डारी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

अधिकाशं घटनाहरु आत्माहत्या गरेको जस्तो देखिएकाले प्रहरीनै चकित भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।