उडिरहेका दुई विमान आकाशमै ठोकिए, विमानमा सवार सबैको मृत्यु

आइतबार, २५ असोज २०७७

एजेन्सी – आकाशमा उडिरहेको दुई ओटा विमान एक आपसमा ठोकिदा विमानमा सवार सबै जनाको मृत्यु भएको छ । फ्रान्समा उडिरहेका दुई विमान एकआपसमा ठोक्किदा विमानमा सवार पाँच जनाको मृत्यु भएको हो ।

दुईजना रहेको माइक्रोलाइट विमान र तीनजना सवार रहेको विमान ठोकिँदा विमानमा सवार पाँच जनाको ज्यान गएको अन्तराष्ट्रिय संचार माध्ययमले जनाएका छन ।

टूर्स शहरको दक्षिण–पश्चिममा स्थानीय समय अनुसार शनिबार बेलुका साढे चार बजे दुई विमान ठोक्किएका हुन् । घटनाबारे अनुसन्धान सुरु भएको मिडिया रिपोर्टमा उल्लेख छ।