को हुन डा. केसीलाई जुस पिलाउने सफाई कर्मचारी ?

आइतबार, २५ असोज २०७७

काठमाडौँ – चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर आमरण अनशन बसेका डा. गोविन्द केसीले २८ औं दिनमा अनसन तोडेका छन् । शनिबार मध्यराति ८  बुँदे सहमति भएपछि डा. केसीले आइबार अनसन तोडेका हुन ।

उनले टिचिङ अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोडेका छन् । माग पूरा गराउन आनाकानी गरिरहेको केपी वली सरकार बाध्य भएर शनिबार राती वार्तामा बसेपछि ८ बुँदे सम्झौता भएको थियो । केसीले आफूले पहिला काम गरेको त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारीको हातबाट जुस पिएका थिए ।

विकास नेपाली दलित समुदायका व्यक्ति हुन । उनलाई केही समयअघि कोरोना संक्रमण पुष्टि भएको थियो । । कोरोना जितेर काममा फर्किएका नेपालीको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन ।

त्रिवि शिक्षण अस्पताल परिसरमा केसीले अनशन तोड्ने क्रममा उनका समर्थकले ‘फेरि आमरण अनशन बस्नु नपरोस्’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । डा. केसीसँग भएको सम्झौता कार्यान्वयन सुरु गर्न र आइन्दा धोका नदिन समर्थकहरुले सरकारलाई चेतावनी पनि दिएका थिए ।