शिक्षा मन्त्री पोखरेललाई पनि कोरोना संक्रमण पुष्टि, कस्तो छ स्वास्थ्य अवस्था ?
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार ज्वरो आएर पाटन अस्पताल भर्ना भएका पोखरेललाई कोरोना पोजेटिभ देखिएको हो ।
परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।
यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।