दिउँसै तीन लाख नगदसहित सात तोला सुन चोरी

सोमबार, २६ असोज २०७७

डडेल्धुरा – डडेल्धुरा अमरगढी नगरपालिका ७ को एक घरबाट तीन लाख नगदसहित लाखौंका गरगहना चोरी भएको छ। पोखरा बजार नजिकै डडेल्धुरा(बैतडी महाकाली राजमार्ग छेउमा रहेको कलावती ऐरीको घरबाट शुक्रबार दिउँसो तीन लाख नगदसहित सात तोला सुन चोरी भएको हो।

दिउँसो घरमा कोही नभएको समयमा चोरी भएको हो। घरको एक कोठामा रहेको स्टिल दराज फोडेर सुनका गरगहनासहित नगद चोरी भएको ऐरीले बताइन। घरभित्रै रहेका फालमका वस्तुले दराजको दुई वटा लक तोडि गहनासँगै नगद समेत चोरी भएको उनले बताइन्।

स्टिल दराज तोडेर दराजभित्रका सबै लुगा कपडा बाहिर छरपस्ट थिए। दराजका दुई वटै लक तोडेर सुन र नगद चोरी भएको उनले बताइन।

शुक्रबार अपरान्ह प्रहरीलाई खबर गरेपछि अनुसन्धान थालिएको पोखरा प्रहरी चौकी इञ्चार्ज प्रहरी नायव निरिक्षक शेरबहादुर बढाऐरले बताए।
घट्नाको विस्तृत अनसुसन्धान गरि चोरीमा संलग्न मान्छे चाडे पत्ता लाग्ने प्रहरीले जनाएको छ।