आकस्मिक बाहेकका शल्यक्रिया नगर्न उपत्यकाका सबै अस्पताललाई निर्देशन

सोमबार, २६ असोज २०७७

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पतालहरूलाई आकस्मिक बाहकेका सबै शल्यक्रिया हाललाई स्थगित गर्न निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमणको अवस्था नियन्त्रण हुँदै गएपछि मात्र अस्पतालहरूलाई नियमित शल्यक्रिया गर्न पाउने गरी निर्देशन दिइएको जानकरी दिए।

उनले यसरी नियमित शल्यक्रिया हाललाई स्थगन गर्दा यसले कोरोना संक्रमणका विरामीहरूलाई अस्पतालमा बेड तथा आएसियू र भेन्टिलेटर उपलब्धतामा सघाउ पुर्याउने बताए।

साथै उपत्यकाका सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाइने समेत मन्त्रालयले जनाएको छ।

त्यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका स्वास्थ्य सामग्री ती अस्पतालहरूमा वितरण गरी आवश्यक व्यवस्थापन समेत गरिने प्रवक्ता गौतमले बताए।