लागुऔषधसहित एक युवक पक्राउ

मंगलबार, २७ असोज २०७७

सनसरी – सुनसरी धरान १५ विशालचोकका ३८ वर्षीय विजयकुमार रोक्का ब्राउनसुगरसहित पक्राउ परेका छन्।

सोमबार राति करिब ८ बजे उनलाई इलाका प्रहरी कार्यालयको टोलीले धरानको साम्पाङ चोकबाट पक्राउ गरेको हो।

को १० प। ६२५९ नम्बरको मोटरसाइकलमा सवार रोक्काको साथबाट १२ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र नगद १० हजार ९६० बरामद गरेको प्रहरीले बताएको छ।

धरान प्रहरीको हिरासतमा रहेका उनीमाथि अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ।