जग्गा किन्ने बहानामा गरे धनीको हत्या र लुटपाट, तीनजना पक्राउ

मंगलबार, २७ असोज २०७७

जग्गा किन्ने बहानामा कुटपिटपछि लुटपाट गर्ने तीन पक्राउ

काठमाडौं – भक्तपुरमा जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार हुने तीन जना पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङलाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरूले गत बुधबार चाँगुनारायण नगरपालिका(८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनमाथि मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। कुटपिट पछि उनीहरूले सुनको ब्रासलेट तथा मोबाइल समेत लुटेर भागेका थिए।

कुटपिटपछि गम्भीर घाइते भएका योन्जनको उपचारको क्रममा बिहीबार बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो।

उनीहरूलाई अहिले प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।