फेरी घट्यो कोरोना परिक्षण शूल्क, कतिमा हुन्छ परिक्षण ?
काठमाडौं – कोरोना भाइरसको लागि पीसीआर परीक्षण शुल्क एक हजार रुपैयाँभन्दा बढी लिन नपाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने जनाएको हो।
असोज १५ गते मन्त्रीस्तरीय निर्णयबाट यसअघि दुई हजारभन्दा बढाउन नपाउने शुल्क घटाएर एक हजार रुपैयाँमा झारिएको हो। उक्त शुल्क समायनुकूल परिमार्जन हुँदै जाने मन्त्रालयले जनाएको छ।
यसअघि सुरुमा पाँच हजार ५०० रुपैयाँ शुल्क तोकिएको थियो। त्यसपछि घटाएर चार हजार ४०० रुपैयाँभन्दा बढी लिन नपाउनेगरी शुल्क तोकिएको थियो। त्यसपछि भने शुल्क घटाएर दुई हजार रुपैयाँभन्दा बढी लिन नपाउने जनाइएको थियो। अहिले दुई हजारबाट पनि आधा घटाएर शुल्क तोकिएको हो।
अन्तर्राष्ट्रिय बजारमा रिएजेन्ट तथा अन्य स्वास्थ्य सामग्रीको मूल्य कम भएकाले शुल्क घटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।