कक्षा ९ मा अध्यनरत किशोरीलाई बलत्कार गर्ने होटल मालिक पक्राउ
जनकपुर – कक्षा ९ मा अध्ययनरत किशोरीलाई जबरजस्ती गर्ने जनकपुरधामका एक होटेल व्यवसायी पक्राउ परेका छन । यौन दुर्व्यवहारको आरोप लागेका प्रमोद यादवलाई प्रहरीले पक्रा गरेको हो ।
बिहिबार जेसिएफ होटेलका सञ्चालक यादवलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित बेंगा शिवपुर बस्ने अन्दाजी ३८ वर्षीय यादवलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले पुष्टि गरे ।
किशोरीले जिल्ला प्रहरी कार्यालय धनुषामा जेएफसीका सञ्चालक यादवसहित ३ जनाविरुद्ध उजुरी दिएकी थिइन् । पक्राउ परेका आरोपित यादवमाथि थप अनुसन्धान भइरहेको मिश्रले जानकारी दिए ।