कोरोना संक्रमणबाट आजसम्मकै धेरैको मृत्यु
काठमाडौं – कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । यो आजसम्मकै सबैभन्दा धेरै मृत्यु भएको संख्या हो । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।
आज ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।
देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।