जोसमा होस गुमाउँदा प्रहरी हवल्दारका श्रीमान श्रीमती खोरमा !

शुक्रबार, ३० असोज २०७७

बुटवल – धरौटीमा छुटाईदिने भन्दै चार लाख रुपयाँ घुस लिँदालिँदै प्रहरी हवल्दार रङ्गेहात पक्राउ परेका छन । उनीसँग उनकी श्रीमतीलाई पनि अख्तियारको टोलीले रङ्गेहात पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

धरौटीमा छुटाईदिन सहयोग गरेवापत सेवाग्राहीसँग लिएको चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।

उनालाई रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रक्ता सुरेश भुसालले जानकारी दिए । उनीहरुलाई दिउँसो नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले जनाएको छ ।