कोरोना संक्रमणबाट ८ सय ८९ जनाको मृत्यु, सरकारले किन लुकायो विवरण ?
काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ८९ पुगेको छ । नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार कोभिड १९ महामारीबाट ज्यान गुमाउनेको संख्या ८ सय ८९ पुगेको हो ।
मृतकको उनीहरूको धर्म संस्कृति र परम्पराअनुसार शव व्यवस्थापन गरेको सेनाले जनाएको छ । शव व्यवस्थापन गरिनेमा ८ सय १७ जना हिन्दु, ३७ जना मुस्लिम, ३२ जना बौद्ध र ३ जना क्रिश्चियन समुदायका छन् । सेनाका सातवटै पृतनाले शव व्यवस्थापन गरेका छन् । सबैभन्दा धेरै उपत्यका पृतनाले ४ सय ४४ जनाको शव व्यवस्थापन गरेको सैनिक मुख्यालयले जनाएको छ ।
त्यस्तै, मध्य पृतनाले १३९ शव व्यवस्थापन गरेको छ भने पूर्वी पृतनाले ९८, मध्यपश्चिम पृतनाले ८५, मध्य पूर्वी पृतनाले ५४, उत्तरपश्चिम पृतनाले ४१, पश्चिम पृतनाले १७ र सुदूरपश्चिम पृतनाले ११ शव व्यवस्थापन गरेको सेनाले जनाएको छ ।
तर नेपाल सरकारले भने जम्मा ७ सय १५ जनाको मात्र मृत्यु भएको जनाएको छ । सरकारले किन मृतकको विवरण लुकायो ? भनेर जनस्तरबाट विरोध भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यङ्क अनुसार मृतकको संख्या लुकाइएको छ ।
नेपाली सेनाको विवरण हेर्दा कि नेपाली सेनाले भ्रष्टाचार गरेर मृतकको संख्या थप गरेको शंका गरिएको छ भने कि सरकारले मृतकको विवरण लुकाएको छ । यस विषयमा सम्बन्धीत निकायले छानविन गरी सहित तथ्याङ्क सार्वजनिक गर्न जरुरी देखिन्छ ।
