दशैंको पहिलो दिन काठमाडौंका २७ ठाउँमा बक्ति काटिने (विवरणसहित)
काठमाडौं – बडा दशैंको पहिलो दिन काठमाडौं उपत्यकाका २७ ठाउँमा बक्ति जाने भएको छ । भक्तपुरका धेरै ठाउँ ललितपुर र काठमाडौंका केही ठाउँमा बिद्युत आपूर्ति नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नेपाल बिद्युत प्राधिकरणले एक सूचना जारी गर्दै ती स्थानहरूमा बत्ती अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालले जारी गरेको सूचनामा टीवी हस्पिटल, ठिमी, विष्णुमती र कलंकी फीडरअन्तरगतका क्षेत्रहरूमा विभिन्न समयमा विद्युत अवरुद्ध हुने छ ।
