आज कति थपिए कोरोना संक्रमित ?

आइतबार, २ कार्तिक २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित मध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् ।