खगेन्द्र संग्रैलाको पुस्तक ‘सत्ता र सत्य’माथि प्रतिबन्ध !
काठमाडौं – लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाको पछिल्लो पुस्तक ‘सत्ता र सत्य’ माथि प्रतिबन्ध लागेको छ । यो खवर बर्दिया जिल्लाको हो ।
बर्दिया जिल्ला कारकारका जेलर डिल्ली चन्द्र पौडेलले संग्रौलाको यो पुस्तक कारागारका कैदीलाई पढ्न प्रतिबन्ध लगाएका हुन । झट्ट हेर्दा र सुन्दा पुस्तक ‘सत्ता र सत्य’ कम्युनिस्ट विचारधारबाट प्रेरित भएको जस्तो देखिएकाले उनले उक्त पुस्तक पढ्नबाट रोकेका हुन ।
बर्दिया कारागारमा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्व पोलिटव्यूरो सदस्य भरत बम (रणवीर)ले मगाएको उक्त पुस्तक उनको हातमा पर्नै नदिई जेलर पौडेलले फिर्ता पठाएका हुन । उनको पुस्तकसहित रणवीरले मनाएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ‘संयुक्त चुनावि घोषणा पत्र २०७४’ र लेलिनका संकलित रचना भाग १ अन्तरगतको ‘माक्सवाद र संशोधनवाट’ लाई पनि फिर्ता पठाएको पुस्तक लिएर कारागार पुगेका रणवीरका आफन्तले बताएका छन ।
काँग्रेस निकट कर्मचारी भएका कारणले नेकपाको चुनावी घोषणा पत्र र संग्रौलाको पुस्तकमाथि प्रतिबन्ध लगाएको कारागारका एक कर्मचारीले बताए । कम्युनिस्टलाई देखि नसहने पौडेल कम्युनिस्ट विचारधार र सामावाद सम्बन्धी लेखिएका पुस्तकहरु प्राय जेलभित्र छिराउन नदिने गरेको नाम उल्लेख नगर्ने सर्तमा ति कर्मचारीले बताए ।
पौडेलसँग यस विषयमा प्रतिक्रिया लिँदा आफू उक्त दिन कारागारमा नरहेको बताएका छन । ‘प्रहरी कर्मचारीहरुले रोकेका होलान, मलाई यस वियषमा थाहा भएन’, मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै पौडेलले भने, ‘म बाहिर थिएँ । के भएको हो मलाई कुनै जानकारी छैन ।’
उनले आफूलाई जानकारी नभएको बताएपनि उनी सो दिन कार्यलयमै थिए । उनले नै कम्युनिस्टका किताबहरु भित्र नपठा है भनेर त्यहाँका कर्मचारीलाई निर्देशन दिएको कारागारका एक कर्मचारीले बताए । उनकै निर्देशन अनुसार भरत बमले मगाएका पुस्तकहरु फिर्ता पठाइएको नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले बताए ।
कारागारमा उनले काँग्रेसबाहेक अरुलाई मान्छे नै नगन्ने गरेको कारागारका पिडित कर्मचारीको भनाई छ । पौडेलले कम्युनिस्टको कुरा गर्ने, सरकारको समर्थन गर्नेहरुलाई काम विहिन बनाएर राख्ने गरेका छन । पौडेलले आफु निकटका कर्मचारीलाई कम्युनिस्टका दिन सकिए भन्दै कारागारभित्र काँग्रेसको राजनीति गरिरहेको ती कर्मचारीले बताए ।