टर्कीले लगायो फ्रान्समाथि प्रतिबन्ध
काठमाडौं – टर्की सरकारले फ्रान्समाथि प्रतिबन्ध लगाएको छ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले कट्टरवादी मुस्लिमलाई फ्रान्सले दमन गरेको भन्दै फ्रान्समाथि प्रतिबन्ध लगाएका हुन ।
टर्कीले लगाएको प्रतिबन्धमा फ्रान्सले उत्पादन गरेका सामान नकिन्न अपील गरिएको छ । टेलिभिजन सम्बोधनमा राष्ट्रपति एर्दोआनले भने, ‘यदि फ्रान्समा मुसलमानमाथि दमन हुन्छ भने विश्वका नेता मुसलमानको सुरक्षाका लागि अघि आउनुपर्छ ।’
फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोले कट्टरवादी इस्लामको विरोधमा धर्मनिरपेक्षताको सुरक्षा गर्ने बताएका छन् । म्याक्रोको यो अभिव्यक्तिको टर्कीका राष्ट्रपति एर्दोआनले निन्दा गरेका छन् ।
फ्रान्सको एक कक्षामा पैगम्बर मोहम्मदको कार्टुन देखाउने एक शिक्षकको हत्यापछि इस्लामलाई लिएर विवाद उत्पन्न भएको छ ।
१६ अक्टुबरमा स्यामुअल पेटी नामका ती शिक्षकको १८ वर्षीय अब्दुल्लाह अन्जोरोफले टाउको काटेर हत्या गरिदिएका थिए ।