रवि लामिछानेलाई कोरोना संक्रमण पुष्टि, कस्तो छ स्वास्थ्य अवस्था ?

बिहिबार, १३ कार्तिक २०७७

काठमाडौं – टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसँगै उनकी धर्मपत्नी निकिता पौडेललाई समेत कोरोना पोजेटिभ देखिएको छ ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका छन । ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आए पछि हिजो पीसिआर टेष्ट गर्दा, म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ’ फेसबुकमा स्टाटस लेख्दै भनेका छन, ‘हामी दुबैको स्वास्थ सामान्य छ ।’

उनले आफ्नै कमजोरीका कारण कोरोना पोजेटिभ देखिएको बताएका छन । ‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ ।’ उनले भनेका छन, ‘घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।’