भेन्टिलटरमा उपचारत २१ वर्षीया किशोरीलाई बलत्कार

बिहिबार, १३ कार्तिक २०७७

काठमाडौ – आइसियुमा उपचारत २१ वर्षीया किशोरीलाई बलत्कार गरेको आरोप लागेको छ । यो समाचार भारतको हो ।

भारतको गुरुग्रामस्थित फोर्टिस अस्पतालको आइसियुमा भर्ना भएकी २१ वर्षीय क्षयरोगकी बिरामीसँग अस्पतालको एक कर्मचारीले बलत्कार गरेको आरोप लागेको छ ।

अर्धचेतन अवस्थामा भेनिटलेटरमा उपचारत बिरामीलाई बलत्कार गरेको प्रहरीले जनाएको छ । मंगलबार बिरामीलाई होस आएपछि बलत्कार भएको विषयमा आफ्नो बुवालाई हस्तलिखित पत्र पठाएपछि यस्तो रहस्य खुलेको हो ।

परिवारका सदस्यले थाहा पाएपछि प्रहरीमा गएर बलत्कारको मुद्दा दर्ता गराएका छन । परिवारका सदस्यहरूको अनुसार उनलाई आइसियुको छुट्टै कोठामा सारिएको थियो ।

सहायक प्रहरी आयुक्त उषा कुन्डुले पीडितका पिता उनलाई भेटन मंगलबार अस्पताल पुगेका बेला हातले लेखिएको सन्देश दिएर बलत्कारको कुरो बुझाउने प्रयास गरेको बताइन । अस्पतालले यसको आन्तरिक अनुसन्धान थालेको छ ।