स्टाण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, कति छ बोनस ?

शुक्रबार, १४ कार्तिक २०७७

काठमाडौं – स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ।

बैंकको सञ्चाल समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई ११।८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त बैठकले ७ प्रतिशत बोनस शेयर तथा ४।८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बेंकका शेयरधनीहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश पाउनेछन् ।