उत्तर कोरियाका नेता ‘किम जोन उन’को भित्री रहस्य खुल्यो, श्रीमतीलाई कडा कानुन, खान्छन् ३ करोड डलरको रक्सी
काठमाडौं – उत्तर कोरियाका नेता किम जोन उन केही समयअघि सम्म निकै चर्चामा आउने गर्थे । अमेरिकालाई दिनहुँजसो धम्की दिने मामिलामा उनी अगाडि थिए । पछिल्लो समय केही मौन रहेका उनको विषयमा रमाइलो तथ्य सार्वजनिक भएको छ । उनले वार्षिक ३ करोड डलरको मदिरा पिउने गरेका छन् ।
उनले पिउने मदिरामा ह्वीस्की र कागनेक रहेको बताइएको छ । उनले पिउने मदिरा पनि विश्वको सबैभन्दा महँगो ब्राण्डको पिउने गरेका छन् ।किम जोन उनकी श्रीमतीले बोक्ने ह्याण्डब्यागको मूल्य बराबरको सामान्य उत्तर कोरियन नागरिकको वार्षिक आम्दानी हुने गरेको छ । किमकी श्रीमतीको ह्याण्डब्यागको मूल्य १४५७ डलर रहेको बताइएको छ ।
किमले चुरोट पनि १६५ डलरको पिउने गरेका छन् । किमले आफ्नै लागि एक सिनेमा हल पनि निर्माण गरेका छन् । जसमा १ हजार सिट रहेका छन् । किमलाई डेनमार्कको सुँगुरको मासु, इरानको माछाको अण्डा, चीनको तरबुजा मिठो लाग्छ ।
उनी यतिसम्म कुर छनकी आफ्नी श्रीमतिका लागि पनि डरलाग्दा कानुन बनाएका छन । आफ्ना देशका जनताका लागि अलग–अलग कानुन बनाउने किमले आफ्नी श्रीमतीका लागि पनि निकै कडा नियमहरु बनाएका छन् ।
ती नियमहरु यस्ता छन् :
१) नेपाल, भारत लगायत विश्वका केही देशहरुमा विवाहपछि महिलाहरुले श्रीमानको थर अपनाउने परम्परा रहेको छ । तर, उनले आफ्नी श्रीमतीको विवाहपछि पूरै नाम नै परिवर्तन गरिदिए । र, उनकी पत्नीको जन्मनाम छोडेर रि सोल जू नाम राखियो ।
२) उत्तर कोरियामा ‘फस्र्ट लेडी’ लाई हरेक समय जनमासमा जाने अधिकार हुँदैन । उनीहरुलाई केवल ‘स्पेशल अपियरेन्स’ मा मात्र देखिने अनुमति हुन्छ ।
३) रि सोल जूलाई उच्च सैनिक सुरक्षाको बीच राखिएको छ । उनको हरेक गतिविधिमाथि निगरानी राखिन्छ । उनलाई कसैसँग पनि कुराकानी गर्ने अधिकार छैन ।
४) प्राय विश्वका देशहरुमा ‘फस्र्ट लेडी’ लाई शोकस्थलमा जाने अनुमति हुँदैन तर रि सोल जूलाई भने शोकस्थलमा जाने अनुमति दिइएको छ ।
५) रि सोल जू आफ्नो इच्छा अनुसार कुनै पनि ठाउँमा जान सक्दिनन् । उनलाई सधैँ किम जोङसँग देखिन्छ ।
६) रि सोल जू तीन बच्चाकी आमा हुन् । तर, यो विषयमा कहिल्यै पनि आधिकारिक पुष्टि भएको छैन । किनकी जूलाई आफ्नो गर्भावस्थाको बारेमा जानकारी गराउँने अनुमति छैन ।
७) किमकी श्रीमतीलाई कुनै पनि सञ्चार माध्यमले कभर गर्न पाउँदैनन् । त्यसैले, जूको बारेमा उत्तर कोरियामा न कुनै समाचार प्रकाशित गरिन्छ न कुनै तस्बिर लिइन्छ ।
८) उत्तर कोरियाका शासक वर्गमा विवाहको तुरुन्तै बच्चा जन्माउने नियम रहेको छ । विरासतलाई अगाडि बढाउन छोरा जन्माउनै पर्ने दबाब पनि हुन्छ ।
९) फस्र्ट लेडी भएकाले जूलाई सधैँ फर्मल स्टाइलमा देखिनुपर्ने हुन्छ । उनी स्कर्ट, टप र कोट लगाउनुपर्छ । उनको स्कर्टले सधैँ घुँडा छोप्नुपर्ने हुन्छ ।