प्रेरक प्रसंग : दिमागलाई खुल्ला कसरी राख्ने ?

आइतबार, १६ कार्तिक २०७७

काठमाडौं – दिमाग खुल्ला राख्न पर्छ भनेर भन्न सजिलो छ । तर कसरी राख्ने ? थाहा पाउन कठिन छ । यसको मतलब के पनि हो भने भविष्यमा के हुनेवाला छ थाहा पाउनुस् । जसरी हेनरी फोर्डले अनुमान लगाएका थिए नि एक दिन गाडिको भविष्य हुनेछ ।

त्यस्तै सन् १९७५ को कुरा हो । आइबिएमले पर्सनल कम्प्युटरको क्षेत्रमा बजारमा लुकेको सम्भावना खोज्नका लागि सल्लाहकारसँग छलफल गरेका थिए । उनीहरुले के निष्कर्ष निकाले भने दुनियाँमा धेरैभन्दा धेरै पर्सनल कम्प्यूटर बेचिन सक्छन ।

यही सूचनालाई आधार बनाएर आइबिएमले पर्सनल कम्प्युटरको क्षेत्रबाट पर हटेर आफ्नो मेनफ्रेमको काममै पूरा ध्यान दिन थाल्यो । उसको बेवास्ताले क्यूपेर्टिनो क्यालिफोर्नियामा एक कम्पनिले अहम् भूमिका निभायो, जसको नाम थियो म्याकिन्तोस अर्थात एप्पल कम्प्युटर ।

जब एप्पल कम्प्युटरले बजारमा आउनेबित्तिकै बिक्रीमा हजारौँको आँकडा पार गर्न थाल्यो, तब आइबिएमले पनि तेजीका साथ बुद्दिमान बन्ने सोच बनायो । उसले आफ्नो नीति बदल्दै सानो कम्प्युटरको कारोबारमा पाइला राख्ने फैसला गर्यो ।

आइबिएमले एक यस्तो पर्सनल कम्प्युटरको कारोबारमा पाइला राख्ने फैसला गर्यो । आइबिएमले एक यस्तो पर्सनल कम्प्युटर बनायो, जसले चार वर्ष भित्र पूरा दुनिँयाका साना कम्प्युटर बजारको ५० प्रतिशत भागमा आफ्नो कब्जा जमायो ।

त्यसैले काम गर्दा दिमाखलाई खुल्ला राखेर परामर्श गर्दै अगाडि बढ्नपर्छ । जति अरुसँग परामर्श गर्यो र सल्ला लियो दिमाख त्यतिनै खुल्ला हुन्छ र नयाँ नयाँ विचारहरु आउछन । त्यही नयाँ विचारलाई उपयोगमा ल्यायो भने जिन्दगीमा सफल भइन्छ ।